‌लुम्बिनी प्रदेश सरकार

सामाजिक विकास मन्‍‍त्रालय

राप्ती उपत्यका (देउखुरी), नेपाल

सामाजिक विकास महाशाखा महाशाखा

कार्यविवरण

महिला हक सम्बन्धी प्रादेशीक नीति कानून मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन।

लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ‍ओसारपसार सम्बन्धी नीति तथा कार्ययोजना तर्जुमा र कार्यान्वयन तथा अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र प्रतिवद्धताको कार्यान्वयन, निरोधात्मक र संरक्षणात्मक उपाय र पुर्नस्थापन।

महिला सशक्तिकरण तथा लैङ्गिक समानता सम्बनधी अध्ययन अनुसन्धान।

बालबलिकाको हकहित संरक्षण सम्बन्धी प्रादेशिक नीति कानून, मापदण्ड तथा योजना तर्जुमा कार्यान्वयन र नियमन, अध्ययन, अनुसन्धान, बालमैत्री शासकीय प्रबन्ध र सेवा प्रवाह, बाल उद्धार कोष व्यवस्थापन र बाल सुधार तथा पुनस्थापना।

प्रदेशस्तरमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त बालबालिकाका र महिला सम्बन्धी कार्यहरुको अनुगमन तथा मूल्याङ्कन।

समाजकल्याण र संघसस्था सम्बन्धी कार्यहरुको अनुगमन तथा मूल्याङ्कन।

यस महाशाखा अन्तर्गतका शाखाहरु

१. लैङ्गिक सशक्तिकरण तथा मूल प्रवाहीकरण शाखा

२. बालबालिका तथा सामाजिक न्याय शाखा