सामाजिक विकास महाशाखा महाशाखा
कार्यविवरण
महिला हक सम्बन्धी प्रादेशीक नीति कानून मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन।
लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी नीति तथा कार्ययोजना तर्जुमा र कार्यान्वयन तथा अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र प्रतिवद्धताको कार्यान्वयन, निरोधात्मक र संरक्षणात्मक उपाय र पुर्नस्थापन।
महिला सशक्तिकरण तथा लैङ्गिक समानता सम्बनधी अध्ययन अनुसन्धान।
बालबलिकाको हकहित संरक्षण सम्बन्धी प्रादेशिक नीति कानून, मापदण्ड तथा योजना तर्जुमा कार्यान्वयन र नियमन, अध्ययन, अनुसन्धान, बालमैत्री शासकीय प्रबन्ध र सेवा प्रवाह, बाल उद्धार कोष व्यवस्थापन र बाल सुधार तथा पुनस्थापना।
प्रदेशस्तरमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त बालबालिकाका र महिला सम्बन्धी कार्यहरुको अनुगमन तथा मूल्याङ्कन।
समाजकल्याण र संघसस्था सम्बन्धी कार्यहरुको अनुगमन तथा मूल्याङ्कन।
यस महाशाखा अन्तर्गतका शाखाहरु
१. लैङ्गिक सशक्तिकरण तथा मूल प्रवाहीकरण शाखा
२. बालबालिका तथा सामाजिक न्याय शाखा