सामाजिक विकास मन्त्री

व्यक्तिगत विवरणहरू

नाम माननीय जन्मजय तिमिल्सिना
स्थाई ठेगाना गेरुवा गाउँपालिका, बर्दिया

बि.स. २०२८ साल फागुन २१ गते जन्मिनुभएका माननीय मन्त्री जन्मजय तिमिल्सिना  एक कुशल राजनीतिज्ञ र सामाजिक व्यक्तित्व हुनुहुन्छ । नेपाली राजनीतिको विभिन्न कालखण्डमा राजनैतिक संघर्ष गरि बि.स. २०७९ सालमा भएको संघ र प्रदेशको निर्वाचनमा बर्दिया क्षेत्र नं. २ को प्रदेशसभा 'क' बाट प्रत्यक्ष तर्फ निर्वाचित हुनु भएको थियो ।हाल उहाँ लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्री हुनुहुन्छ । 

मन्त्रीज्यूको राजनीतिक अनुभव:

सन् १९९१-१९९३: नेपाल विद्यार्थी संघ, बर्दियाको उपाध्यक्ष।

सन् १९९३-१९९४: नेपाल विद्यार्थी संघ, बर्दियाको कार्यवाहक अध्यक्ष।

सन् २०००-२००५: नेपाल तरुण दलको केन्द्रीय सदस्य।

सन् २००६-२०१२: नेपाल तरुण दलको केन्द्रीय सचिव।

सन् २०१३-२०१५: नेपाल तरुण दलको कार्यवाहक अध्यक्ष।

सन् २०१९-२०२१: नेपाली कांग्रेस, केन्द्रीय संगठन विभाग सदस्य।

सन् २०२२-२०२४: नेपाली कांग्रेस, लुम्बिनी प्रदेशको प्रमुख सचेतक।

सन् २०११ देखि हालसम्म: नेपाली कांग्रेस, बर्दियाको महासमिति सदस्य।

सन् २०२४ देखि हालसम्म: लुम्बिनी प्रदेश, सामाजिक विकास मन्त्री।